Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

अरु दललाई अन्धकारमा राखेर सीके राउतसँग अपारदर्शी सम्झौता : प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको आरोप लगाएका छन् । तर, उनले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई राउतले अस्वीकार गरेकोमा खुसी व्यक्त गरे । शनिबार काठमाडौं नेशनल स्कुलले आयोजना गरेको एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले प्रमुख राजनीतिक दल र तिनका सांसदहरुलाई थाहै नदिइ सरकारले राउतसँग गुपचुपमा सम्झौता गरेको भन्दै असन्तुष्टि जनाए ।राउतसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयनमा आउनेमा उनले शंका व्यक्त गरे । यद्यपि कांग्रेस नेतृत्वमा जारी भएको संविधानलाई स्वीकार गरेर राउत सहमतिमा आउनु राम्रो भएको उनले बताए । उनले सम्झौतामा प्रयोग भएको भाषा दोहोरो अर्थ लाग्ने खालको भएकाले नेकपाभित्रै विवाद शुरू भएको समेत बताए

(२५ फाल्गुण २०७५, शनिवार, १८.०१ मा प्रकाशित )