Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

स्वस्थ्य परीक्षणको रिपोर्ट आएपछिमात्र प्रधानमन्त्री ओलीे ‘डिस्चार्ज’ हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे अस्पताल भर्ना भएका हुन् । नियमित जाँचका लागि पुगेका प्रधानमन्त्री ओलीको थप परीक्षण गर्नुपर्ने देखिएकाले अहिले निगरानीमा राखिएको त्रिवि शिक्षण अस्पताले जनाएको छ । प्रधानमन्त्री ओलीको परीक्षण प्राध्यापक डा. अरुण सायमीको नेतृत्वमा भइरहेको छ । डा. सायमीले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण सुरु गरिएको जानकारी दिए । स्वस्थ्य परीक्षणको रिपोर्ट आएपछिमात्र उनलाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिने डा. सायमीले जानकारी दिए ।

(२२ फाल्गुण २०७५, बुधवार १९.३४ मा प्रकाशित )