Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

टिकापुर घटनाको फैसला आज सुनाइँदै, रेशम चौधरीको भविष्य के होला ?

काठमाडौं । टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । गएको मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजो (मंगलबार) सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ । थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो ।

आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो । उहाँ हाल डिल्लीबजार कारागारमा हुनुहुन्छ । चौधरीलार्ई केही महिना अघि मात्रै संसद्मा सफथ गराइएको थियो । सांसद चौधरीसहित घटनामा हालसम्म २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । त्यस्तै ३२ अभियुक्त अझै फरार रहेका छन् ।

(२२ फाल्गुण २०७५, बुधवार ११.१४  मा प्रकाशित )