Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

वीरेन्द्र माध्यमिक बिद्यालय हेकुलीको ५३ औँ बार्षिक समारोह सम्पन्न

दिप्तीशिखा चौधरी
दङ्गिशरण । दङ्गिशरण गाउँपालिका वडा न.३ स्थित श्री वीरेन्द्र माध्यमिक बिद्यालय हेकुलीको ५३ औँ बार्षिक समारोह आज बिहीबार भब्य समारोहका बिच सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भगवती थापाको अध्यक्षता एंव सांसद धमकली चौधरीको प्रमूख आतीथ्यता तथा गाउापालिकाका अध्यक्ष भागिराम चौधरीको बिशीष्ट आतीथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सांसद चौधरीले पछिल्लो समय सामुदायीक बिद्यालयको समग्र स्थिती खस्कदो अवस्थामा पुगेको भन्दै यसमा सबैको साथ र सहयोगको आवश्यक रहेको बताईन् । उनले भनीन्– “ निजी बिद्यालयमा बिधार्थीहरुलाई कहा ब्यवस्थापन गर्ने भन्ने चिन्ता छ भने सामुदायीक बिद्यालयहरुलाई बिद्यार्थी कहाँ बाट ल्याउँने भन्ने चिन्ता रहेको छ । यस कुरामा बिद्यालय ब्यवस्थापन समितीले सोच्नुपर्ने अबस्था आईसक्यो त्यसैले सामुदायीक बिद्यालयमा गुणस्तरीय शिक्षा दिनुपर्छ ।”

यसका साथै सांसद चौधरीले बिद्यालयको भौतीक पूर्वाधार तथा आर्थीक कुरामा प्रदेश बाट साथ सहयोग गर्न तयार रहेको आश्वासन दिईन् । सो अवसरमा गाउँपालिका अध्यक्ष भागिराम चौधरीले अघिल्लो समय भन्दा पछिल्लो केहि समय यता सामुदायीक बिद्यालयमा सुधारात्मक कुराहरु भईरहेको बताए । अवका दिनमा स्थानीय सरकारको शैक्षीक कार्यक्रम अनुशार सामुदायीक बिद्यालयको स्तरउन्नती हुने भन्दै बिद्यालयका बिग्रीएका भौतीक पूर्वाधारहरु नफालेर मर्मत गर्न तर्फ ध्यान दिनुपर्ने बताए । साथै उनले पालिका भित्रका १५ वटा सामुदायीक बिद्यालय मध्ये यस बिद्यालयको शैक्षीक स्थिती गुणस्तरीय रहेको बताए ।

कार्यक्रममा बिधालयका प्रद्यानअध्यापक खिमराज खनालले बिद्यालय भौतीक तथा आर्थिक कुरामा पछाडी रहेको भन्दै प्रदेश सरकार र गाउँपालिकोको सहयोगको आबश्यक रहेको बताए । उनले सामुदायीक बिद्यालयको आय आर्जन गर्ने स्रोत नभएकाले पनि सहयोग माग्नु पर्ने अवस्था आएको बताएका हुन् । पछिल्लो समय बिद्यालयले कक्षा १ देखी ३ कक्षा सम्म अंग्रेजी र नेपाली बिषयमा अध्यापन गराईरहेको भन्दै उनले आगामि दिनमा बिद्यार्थीको शैक्षीक गुणस्तर बृद्धि गर्न टेस्ट परीक्षा पनि लिईने जानकारी दिए ।

कार्यक्रममा । लक्ष्मी नारायण आधारभूत बिद्यालयका प्रद्यानाध्यापक गोविन्द आचार्य,पूर्व शिक्षक शम्भु गिरी लगाएतले बोलेका थिए । कार्यक्रममा बिद्यालयको स्थापना गरेको भन्दै स्व.धरणीधर चौधरीको सम्झनामा धर्मपत्नी पूर्णीमा चौधरी र एमुना चौधरीलाई प्रमूख अतीथी र बिशीष्ट अतीथिद्धारा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा हाजीरी जवाफ प्रतीयोगितामा प्रथम र द्धितीय हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो । हेमन्त अधिकारीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण शिक्षक दिनेश कुमार रेग्मीले गरेका थिए ।