Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

देवीबहादुर रावतको ९५ औं स्मृती दिवस

ओमप्रकाश गुप्ता
देउखुरी ८ फागुन । जनकल्याण आधारभुत विद्यालय राप्ती गाउँपालिका ५ कालापानीमा स्वर्गीय देवीबहादुर रावतको ९५ आँै स्मृती दिवस मंगलवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्वर्गीय रावतका छोेरा बसन्तकुमार रावत (वि.के रावत) ले विद्यालयमा अध्ययनरत १ सय जना बालबालिकालाई प्रति विद्यार्थी ३० रुपैयाँका दरले ३ हजार बराबरको कापी कलम प्रदान, बाल्टी सहितको पानी फिल्टर प्रदान , १ लाख ५ हजार ५ साय ५५ रुपैयाँको देवी स्मृती अक्षयकोषको निर्माण र स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकादशनी चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, दाता बसन्तकुमार रावत, वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, वडा नम्बर ६ का वडा अध्यक्ष बेदप्रसाद चौधरी, प्रवक्ता विद्याशरण चौधरी,कालापानी सामुदायिक वनका अध्यक्ष छविलाल चौधरी लगायतका वक्ताहरुले बोलेका थिए ।

विद्यालयकी प्रअ गीता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक देवप्रसाद चौधरीले गरेका थिए ।

error: Content is protected !!