Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

आगलागी हुदा घरमा क्षती

फाइल फोटो

घनश्याम बुढाथोकी
रोल्पा, ०८ फागुन । रोल्पामा हिजो दिउसो १ घरमा आगलागी हुदा पुर्ण रुपमा क्षती पुगेको छ । जिल्लाको रुन्टीगढी गाउपालिका वडा नं.९ राम्दी स्थित मान बहादुर घर्तिको घरमा आगलागी भएको हो ।

घरमा बच्चाबच्ची मात्र भएको समयमा करिब २ बजे एक्कासी आगलागी भएको थाहा भएको थियो । १ तले कच्ची घरमा आगलागी हुदा घमा रहेका अन्नपात,भाडाबर्तन, लक्तापकडा लगायत जली करिब २ लाख ५० हजार बराबरको क्षती भएको थियो ।

आगलागी भएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय होलेरी बाट पुगेको प्रहरी टोली,स्थानिय को सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

error: Content is protected !!