Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दाङकाे पार्टी एकिकरण सम्पन्न, नेकपा स्थानियतहका अध्यक्ष र सचिवले खाए सपथ

घोराही ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय तहका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । आज शनिवार घोराहीको पाटी कार्यालयमा भएको एक कार्यक्रममा दाङका दशवटै पालिकाका अध्यक्ष र सचिवले सपथ लिएका हुन् ।

नेकपाका स्थायी समिति सदस्य एवं प्रदेश इञ्चार्ज शंकर पोख्रेलले स्थानीय तहका पदाधिकारीलाई सपथ गराउनुभएको थियो । सो क्रमममा उहाँले सबै तहमा एक महिनाभित्र एकताले पूर्णता पाउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’, नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, भागवत विश्वासीले पदाधिकारीलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

नेकपा दाङका स्थानीय तहका पदाधिकारीहरुको नामावली
घोराही उपमहानगरपालिकामा पूर्वएमालेका राममणि पाण्डे अध्यक्ष र पूर्वमाओवादी केन्द्रका विश्वराज आचार्य सचिव हुनुभएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पूर्वमाओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्वएमालेका माधव ओली सचिव बन्नुभएको छ ।

लमही नगरपालिकामा पूर्वएमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका बसन्तराज शर्मा ‘विक्रान्त’ सचिव बन्नुभएको छ । राप्ती गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्वएमालेका टोपबहादुर झाँक्री सचिव बन्नुभएको छ ।

गढवा गाउँपालिकामा पूर्वएमालेका कालीराम चौधरी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका यमनारायण पोख्रेल ‘विश्वास’ सचिव बन्नुभएको छ ।त्यस्तै राजपुर गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका चक्रबहादुर खड्का ‘शिखर’ अध्यक्ष र पूर्वएमालेका शंकर चौधरी सचिव बन्नुभएको छ ।

बंगलाचुली गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका डोमाकान्त कँवर अध्यक्ष र पूर्वएमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ । बबइ गाउँपालिकामा पूर्वएमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्वमाओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव बन्नुभएको छ ।

शान्तिनगर गाउँपालिकामा पूर्वएमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका गोविन्द भण्डारी सचिव बन्नुभएको छ । दंगीशरण गाउँपालिकामा पूर्वएमालेका भरत अधिकारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका धनवीर चौधरी सचिव बन्नुभएको छ ।