Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सुन तस्करको सञ्जाल ध्वस्त पारियो, सिन्डकेट पनि अव कतै छैन – गृहमन्त्रि थापा

तुलसीपुर, ८ फाल्गुन । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न राज्य सफल भएको दावी गर्नु भएको छ ।

बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सुन तस्करहरुलाई कारबाही हुने दावी समेत गर्नु भएको हो । ‘राज्य सुन तस्करको सञ्जाल ध्वस्त बनाउन सफल भएको छ’, उहाँले भन्नु भयो, ‘अब तस्करलाई कारबाही हुन्छ ।’

गृहमन्त्री थापाले सिन्डकेटको अन्त्य भइसकेको दावी गर्नु भएको छ। सरकारले सिन्डीकेट अन्त्यका लागि पहल सुरु गरे पनि त्यसलाई निष्कर्षमा पु¥याउने बेला सरकार पछाडि हटेको सांसदहरुले आरोप लगाईरहेको वेला उहाँले भन्नु भयो ‘सिन्डीकेटको अन्त्य भइसेको छ, यो अब फर्कने अवस्था छैन ।’

गृहमन्त्री थापाले राज्यले सबै प्रकारका सिन्डिकेट अन्त्यका लागि लागि परेको बताउँदै छिट्टै कानून नै बनाएर सिन्डीकेटको अन्त्य गर्ने बताउँनु भयो।

गृहमन्त्री थापाले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दावी गर्नु भएको छ।

उहाँले निर्मला हत्याकाण्डतर्फ संकेत गर्दै अपराधीहरुलाई छिट्टै कठघरमा उभ्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।