Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

थर्कुडाडाँ जंगलमा मृत अवस्थामा युवति फेला

तुलसीपुर ८ फागुन ।
तुलसीपुरमा एक युवति मृत अवस्थामा भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका – ९ थर्कुडाडाँ स्थित नवदुर्गा सामुदायिक वनको जंगलमा २०/२१ बर्षको देखिने युवति मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनु भएको छ ।

रातो ज्याकेट, फिक्का रङको कुर्ता, जिन्स पैन्ट लगाएकी युवतिको नाम र ठेगाना भने खुल्न सकेको छैन् । मृतक युवतिको नजिकै किट नासक औषधीको सिसी फेला परेकाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।