पार्टी एकता, जनयुद्ध, मदन भण्डारी र आगामी रणनीति
युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकमा राजनीतिक ध्रुवीकरणलाई पनि नयाँ चरणमा पुर्याएर पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा जनआन्दोलन र जनयुद्धका सहिदहरूको सम्झनामा पहिलोपटक श्रदाञ्जलि समारोह हुँदै छ। यो आफैँमा धेरै अर्थपूर्ण र गुणात्मक छ भन्ने ठान्छु।
आजकै दिन २४ वर्षपहिले जनविद्रोह अगाडि बढ्यो। राणाशाहीविरोधी आन्दोलनदेखि विभिन्न जनआन्दोलनहरू र विभिन्न समयका सशस्त्र विद्रोहरू, विशेष गरेर झापा विद्रोहमा र पछिल्लोपटक १२ बुँदे समझदारीपछि १९ दिने जनआन्दोलनको क्रममा शहीद भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु।
नेपालमा कम्युनिस्ट पार्टी गठन भएदेखि नै वैचारिक बहस र राजनीतिक परिवर्तन हुँदै आएका हुन्। तर, पछिल्ला तीन दशकमा कम्युनिस्टका दुई धाराहरू बडो प्रबल रूपमा प्रकट भए। ती दुईवटा वैचारिक, राजनीतिक धारहरू नेपालमा सामन्तवादविरुद्ध र सबैखाले वैचारिक हस्तक्षेपका विरुद्धको संघर्षमा एउटा ऐतिहासिक धाराको रूपमा स्थापित भए। एउटा धारा शान्तिपूर्ण रूपले संसदीय प्रक्रियाको माध्यमबाट आन्दोलनलाई लोकप्रिय बनाउने, शान्तिपूर्ण प्रतिस्पर्धामार्फत त्यसलाई अगाडि बढाउने धाराको रूपमा स्थापित भयो भने अर्को धारा जनयुद्धको रूपमा, सशस्त्र विद्रोहको रूपमा अगाडि बढ्यो। लक्ष्य कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने थियो। नेपालका सबै उत्पीडित समुदायका हक, अधिकारको लडाइँ अगाडि बढाउने थियो। केही काल यी दुई धाराले एकले अर्कालाई निषेध गर्ने र आफूलाई देशको एक मात्र आधिकारिक, प्रामाणिक एवं वैधानिक धाराको रूपमा स्थापना गर्ने प्रयासहरू नगरेका होइनन्।
तर, नेपाली जनताले, कम्युनिस्ट आन्दोलनको वस्तुगत आवश्यकताले र इतिहासको पनि वस्तुगत विकासको प्रक्रियाले अन्ततः यी दुईवटै धाराहरू कम्युनिस्ट आन्दोलनकै धाराहरू हुन्। यी दुईवटै देशमा सामन्तवादको विरुद्धमा विद्रोहका धाराहरू हुन्, त्यसलाई कमजोर पार्ने धाराहरू हुन् भन्ने निष्कर्षसहित अगाडि बढ्दै गयो। जुन निष्कर्षले हामीलाई १२ बुँदे समझदारी हुँदै शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणामा हामीलाई डोहोर्यायो।
एउटा धारा शान्तिपूर्ण रूपले संसदीय प्रक्रियाको माध्यमबाट आन्दोलनलाई लोकप्रिय बनाउने, शान्तिपूर्ण प्रतिस्पर्धामार्फत त्यसलाई अगाडि बढाउने धाराको रूपमा स्थापित भयो भने अर्को धारा जनयुद्धको रूपमा, सशस्त्र विद्रोहको रूपमा अगाडि बढ्यो। लक्ष्य कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने थियो। नेपालका सबै उत्पीडित समुदायका हक, अधिकारको लडाइँ अगाडि बढाउने थियो। केही काल यी दुई धाराले एकले अर्कालाई निषेध गर्ने र आफूलाई देशको एक मात्र आधिकारिक, प्रामाणिक एवं वैधानिक धाराको रूपमा स्थापना गर्ने प्रयासहरू नगरेका होइनन्।
मलाई अहिले यस अर्थमा विशेष गर्व महसुस हुन्छ कि शान्तिपूर्ण र प्रतिस्प्रधात्मक तरिकाले कम्युनिस्ट आन्दोलनलाई र नेपाली जनतालाई समृद्धि र मुक्तिको दिशातिर बढाउने प्रक्रियाको नेतृत्व गर्ने र स्थापित गर्ने लोकप्रिय नेताको रूपमा हामीले कमरेड मदन भण्डारीलाई सम्झन्छौँ, सम्मान गर्छौं। मलाई गर्व के मा छ भने दुई धारा रहेको पार्टी एकता मदन भण्डारीको स्मृतिको दिन (जेठ ३ गते), उहाँलाई सम्झिने र सम्मान गर्ने दिन गर्नु सबैभन्दा उचित वैज्ञानिक र न्यायपूर्ण हुन्छ भनेर हामीले छलफल गर्यौँ। म आफैँले विशेष पहल लिएर कमरेड मदन भण्डारी, जसले यी धारामध्ये एउटा धारालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नुभयो, उहाँको स्मृति र सम्मानमा पार्टी एकताको घोषणा गर्यौँ।
आज पहिलोचोटि अर्को धारा, जनयुद्ध शान्तिप्रक्रिया र संक्रमणको यो धाराको हामीले पहल गरेको दिन, हामी सबै नेपाल कम्युनिस्ट पार्टीका नेताहरू सम्मिलित भएर देशभरी नै शहीदहरूलाई सम्मान र श्रदाञ्जलि प्रकट गर्दैछौँ। यी दुई परिघटना यसो हेर्दा मानिसहरूलाई यसभित्र के वैचारिक अर्थ र महत्व छ भन्ने कुरा राम्रोसँग विचार नगरिएको हुन सक्छ। जेठ ३ गते नै पार्टी एकताको घोषणा गरियो। पहिलोचोटि जनयुद्ध र जनआन्दोलनका शहीदहरूलाई सम्मान गर्ने भनेर कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न गर्दै छौँ। मेरो विचारमा वैचारिक राजनीतिक मात्रै होइन भावनात्मक रूपले पनि हिजो अलगअलग धारामा अगाडि बढेका पार्टी, नेता, कार्यकर्ता र जनतालाई एकै ठाउँमा ल्याउने भूमिका खेलेको छ भन्ने मलाई लाग्छ।
हामीले यसलाई, चाहे जेठ ३ गतेको कुरा होस् वा चाहे फागुन १ गतेको कुरा होस्, वैचारिक र राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सांगठनिक भावनात्मक र सांस्कृतिक एकतालाई मजबुद गर्ने अवसरको रूपमा लिनुपर्दछ र लिइएको छ। आजमात्र म र महासचिव विष्णु पौडेले बालुवाटारमा अर्को काममा लागेका थियौँ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पनि आउने कुरा हिजो, अस्ति गर्दै थियौँ। तर, अहिले सरकार गठन भएको एक वर्ष पुगेको र त्यस सन्दर्भमा गर्नैपर्ने अरू केही कामको असाध्यै धेरै चापले गर्दा प्रधानमन्त्री उपस्थित नभए पनि यो निर्णय हामी दुवैजना अध्यक्षको समझदारीबाट गरिएको छ। यसले नयाँ एकताको आधार बनाएको छ। कता(कता पार्टी एकता अथवा जनसंगठनका एकता ढिलो भएकामा के होला, कसो होला भन्ने चिन्ता बढ्थे तर यसले बडो सकरात्मक वातावरण र सन्देश तयार पारेको छ। यसले पार्टी एकता केही दिनभित्र नै पार्टी एकता र जनसंगठनका एकता टुंग्याएर राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने प्रेरणा प्राप्त भएको छ।
नेपालमा सशस्त्र संघर्षमा लागेका पार्टीहरू छन्। नेपाली कांग्रेसदेखि लिएर हामी हिजोका सबै धाराहरू ९तत्कालीन एमाले र माओवादी० सबैसबै नै जसको राजनीतिक रूपमा नेपालमा वर्चस्व छ, यी सबैले एक न एक पटक हतियार उठाएका छन्। बलिदान गरेका छन्। अहिलेको कुरा गर्ने हो भने सबै शान्तिपूर्ण तरिकाले लोकप्रिय भएका छन्। विचार गर्नुहोस्, दुईतिहाइभन्दा बढी जनमत लोकतान्त्रिक ढंगले प्रकट भएको छ।
हाम्रो भूराजनीतिक स्थिति, चीन र भारतको बीचमा हुनुको नाताले हामी जसरी अगाडि बढेका छौँ संवेदनशील हुँदै, एउटा सन्तुलित विदेश नीतिसहित त्यो कारणले पनि प्रतिक्रियावादीलाई सजिलो भइरहेको छैन। विभिन्न खालका षडयन्त्रमार्फत पार्टीभित्रै फाटो पार्ने नेताहरूको बीचमै अविस्वास र आशंका पैदा गर्ने विभिन्न अभ्यास हुन्छन्, भइराखेका छन्। हामी आज ती महान सहिदहरूलाई सम्मान गर्दै गर्दा हेक्का राख्नुपर्ने कुरा यहिँ नै रहेछ, हामी प्रतिक्रियावादीहरूको र अवसरवादीहरूको प्रोभोकेसन ९बहकाउ०मा आउने छैनौँ। हामीलाई यो पार्टी एकता कसैले माया गरेर र दया गरेर दिएर भएको होइन, हाम्रै महान् शहीदहरूको त्याग, तपस्या र बलिदान तथा हाम्रै जनताहरूको निकै ठूलो क्रान्तिकारी आन्दोलनहरूको बलमा हामीले प्राप्त गरेको कुरा हो।
हामी एकजुट हुँदा एकताको रक्षा हुन्छ, हामी एकजुट हुन सकेनौँ र प्रतिक्रियावादी तथा अवसरवादीको प्रोभोकेसनमा गयौँ, यो वा त्यो रूपमा भने हामीलाई सबैभन्दा जटिल हुनेछ। त्यसकारण हामी सबैले हेक्का राख्नैपर्ने र एउटा संकल्प गर्नैपर्ने कुरा के हो भने हामी प्रतिक्रियावादीहरूको प्रोभोकेसनमा आउने छैनौँ। हामी नेपाली जनताप्रति गरिएको संकल्प र प्रतिबद्धता, नेपाली जनताले हामीप्रति गरेको भरोसालाई टुट्न दिने छैनौँ। एकतालाई वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक र भावनात्मक रूपले अगाडि बढाउँदै जानेछौँ र त्यहिँ रूपमा हामीले यसलाई बुझ्नुपर्ने हुन्छ। जेठ ३ गतेको पार्टी एकताको घोषणा र फागुन १ गते जनयुद्ध दिवसलाई सर्वसम्मत रूपले अगाडि बढाउने पहल गर्यौँ, यसले निक्कै ठूलो अर्थ र महत्व बोकेको छ भन्ने कुरालाई आत्मसाथ गर्न देशभरीका सबै नेता, कार्यकर्ता र आम जनसमुदायलाई आग्रह गर्न चाहन्छु।
हिजो जनआन्दोलमा सहभागी सबै कम्युनिस्ट पार्टी र हिजो जनयुद्धमा सहभागी भएका सबै समूहलाई सबै खालका भ्रमहरूलाई छोडेर एकचोटी नेपाललाई महान बनाउने, नेपाली जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने ती महान सहिद र बेपत्ता योद्धाहरूको सपना साकार पार्ने गरी आउनुस्, हामी सबै एउटै केन्द्रमा गोलबन्द हौँ। योभन्दा अर्को विकल्प छैन। म सबै नेता कार्यकर्ताहरूलाई निकै गम्भीरताका साथ र जिम्मेवारीका साथ आज अपिल गर्न चाहन्छु यही बाटोबाट मात्रै हामी समाजवादतिर अगाडि बढ्न सक्छौँ। एकताको बाटोबाट मात्रै सामाजिक न्यायतिर जान सक्छौँ र यही बाटोबाट मात्रै तपाईं हामीले देखेको सपना पूरा गर्न सक्छौँ। यो बाटोबाट मात्रै शहीदहरूले देखेका सपनालाई पूरा गर्दै नयाँ गोरेटोबाट नयाँ बाटो हुँदै नेपाललाई समाजवादतिर अगाडि लान सक्छौँ। अरू विकल्प यतिबेला छैन।
सारा संसारले हामीतिर हेरेको छ, साच्चै यो कम्युनिस्ट आन्दोलनको भविष्य कस्तो होला तरु यो पार्टी एकताले जसरी नेपाली जनतालाई एकताबद्ध गरेको छ यसले अब निरन्तर प्रगतिको दिशामा जान सक्ला कि नसक्लारु भनेर सबैले हेरेको स्थिति छ। त्यसकारण यसलाई सफल पार्ने दायित्व एउटा दुईटा नेता विशेषको मात्रै होइन, एउटा दुईटा समूह विशेषको मात्रै होइन। हामी सबै परिवर्तन, क्रान्ति, न्याय, समानता र स्वतन्त्रताका पक्षधर सबैको जिम्मेदारी हो। हामी सबै एकठाउँमा केन्द्रित भयौँ र गोलबन्द भयौँ भने त्यो सपना हामी छिट्टै र तुलनात्मक रूपले सहज ढंगले पूरा गर्न सक्छौँ। प्रतिक्रियावादी चाहन्छन् कि हामी विभाजित बनौँ। यो जो भएको छ यो पनि अगाडि राम्रोसँग नजाओस् र थप गोलबन्द पनि नहुन् भन्ने उनीहरूको चाहना छ। त्यसैले हामी प्रतिक्रियावादीलाई खुसी पार्ने बाटो जान सक्दैनौँ। माओत्से तुङले पटकपटक भन्ने गर्नुहुन्थ्यो ‘प्रतिक्रियावादी जे मा खुसी हुन्छन्, जुन कुरालाई राम्रो भन्छन् त्यो हाम्रोलागि नराम्रो हुन्छ। उनीहरूले जे लाई नराम्रो भन्छन् त्यो चाहिँ हाम्रो लागि राम्रो हुन्छ।’ यो भनाइ बडो मार्मिक छ।
हामी सबैले अहिले प्रतिक्रियावादीले खोजेको के छ तरु पार्टी एकता राम्रोसँग अगाडि नबढोस्, विभाजित होस्, कम्युनिस्टहरूको प्रभाव घटोस्, कम्युनिस्टको नेतृत्वमा विकास र समृद्धि नहोस् भन्ने खोजेका छन्। तपाईं(हामी साँच्चै कम्युनिस्ट हौँ भने प्रतिक्रियावादीले खोजेको काममा त लाग्नै सक्दैनौ, लाग्नै हुँदैन। प्रतिक्रियावादीलाई कमजोर पार्नका लागि हामी सबै एकजुट हुनुपर्छ भन्ने सिद्धान्त बडो सरल र बुझिने सिद्धान्त हो। यो बुझ्नलाई धेरै ठेली पढ्न पर्दैन। सजिलै बुझिन्छ र यसलाई मजबुद बनाउनेतिर जान आवश्यक छ। साथसाथै नेपालको राष्ट्रिय स्तन्त्रताको दृष्टिकोणले हाम्रो सार्वभौमसत्ता सम्पन्न देशलाई निरन्तर अगाडि बढाउने दृष्टिकोणले देशमा सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्छ।
नेपाली राजनीतिमा विभिन्न प्रयोग त गर्यौँ तर ती सबै प्रयोगहरू एक ठाउँमा केन्द्रित नभईकन सफलता हासिल भएको छैन। जस(जसले जे(जे प्रयोग गरेको भए पनि जब प्रमुख राजनीतिक शक्तिको बीचमा सहमतिको वातावरण बनेको छ हाम्रो आन्दोलन पनि सफल भएको छ, हाम्रो विद्रोह पनि सफल भएको छ। ठूलाठूला राजनीतिक परिवर्तनका घोषणा पनि भएका छन्। हामीले एक्लैएक्लै गर्न खोज्दा प्रयोग त भएका छन् तर सफल भएका छैनन्, यो नेपाली इतिहासको ऐतिहासिक यथार्थ हो।
अहिले हामी सबैको एजेन्डा भएको छ – समृद्ध नेपाल, विकसित नेपाल। समाजवादको आधार निर्माणतिर अगाडि बढेको र राष्ट्रिय पुँजीको निर्माण तथा दलाल र नोकरशाही पुँजीको नियन्त्रणतिर अगाडि बढ्दै गरेको नेपाल साझा एजेन्डा हो। विकास र समृद्धि यतिबेलाको राष्ट्रिय एजेन्डा हो। यहिँ बाटोबाट मात्रै हामी मौलिक ढंगले समाजवादतर्फ यात्रा गर्न सक्छौँ। त्यसकारण कम्युनिस्ट समूहरूलाई मात्रै होइन देशका सबै प्रमुख राजनीतिक शक्तिहरू, संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय पार्टीका रूपमा रहेका मधेसकेन्द्रित लगायतलाई विकासकेन्द्रित भएर सहयात्री भएर जाऊँ। नेपाली जनताले राजनीतिक स्थिरताको निम्ति निकै लामो साधना निकै लामो संघर्ष बलिदान र तपस्या गरिसकेको छ।
अब एकचोटि राजनीतिक नेतृत्वको जिम्मेवारी छ कि हामी एक भएर विकास र समृद्धिको यात्रामा अगाडि बढौँ। जसरी हाम्रो राजनीतिक परिवर्तन, संविधान निर्माण, शान्ति सम्झौता सहमतिबाट गरेका छौँ। अब विकास र समृद्धि, हाम्रो राजनीतिक दृष्टिकोण फरक भए पनि जनतालाई समृद्ध बनाउने, देशलाई विकसित बनाउने,राष्ट्रको एकतालाई र सार्वभौमसत्तालाई सुदृढ गर्ने काममा हामी सबै एक छौँ। यो एकताको लागि पनि सबै राजनीतिक शक्तिहरूलाई पनि अपिल गर्न चाहन्छु।
(नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जनआनदोलन र जनयुद्धका शहीदहरूको सम्मान’मा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)