Loading... आजः शनिबार, मंसिर १५, २०८१
Trending

आठ हजारले घट्यो दैलेखको जनसंख्या


दैलेख :  दैलेख जिल्लाको जनसंख्या दुई लाख ५३ हजार ३१९ मा झरेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार दैलेख जिल्लाको जनसंख्या दुई लाख ५३ हजार ३१९ मा झरेको हो । २०६८ सालमा गरिएको जनगणनामा दैलेखको जनसंख्या दुई लाख ६१ हजार ७७० थियो ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसारको जनसंख्या २०६८ सालको जनगणना अनुसारको जिल्लाको जनसंख्यामा ८ हजार ४५१ कम हो । प्रारम्भिक नतिजा अनुसार दैलेखमा पुरुषको जनसंख्या १ लाख २१ हजार ६ सय ७७ छ भने महिलाको जनसंख्या १ लाख ३१ हजार ६४४ छ । तथ्यांक अनुसार जिल्लाका ४८ हजार ७७६ घरधुरीमा जनगणना गरिएको विभागले जनाएको छ ।
जिल्लामा परिवार संख्या ५५ हजार ७ सय ८ छ । जिल्लाको लैंगिक अनुपात ९२.४३ छ । विभागका अनुसार जनघनत्व १६९ जना प्रतिवर्गकिलोमिटर छ । जिल्लामा परिवारको औषत आकार ४.५५ छ । जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । प्रारम्भिक तथ्यांक अनुसार जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर–०.३१ छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा दुल्लु नगरपालिकाको जनसंख्या ३९ हजार ५८२ , आठबीस नगरपालिकाको जनसंख्या ३१ हजार ८३९ , भगवतीमाई गाउँपालिकाको १८ हजार ३ सय ६६, भैरबी गाउँपालिकाको १७ हजार ७८१, चामुण्डाविन्द्रासैनी नगरपालिकाको २६ हजार ५७५, डुङ्गेश्वर गाउँपालिकाको जनसंख्या १४ हजार ५९७ छ ।
प्रारम्भिक नतिजा अनुसार गुराँस गाउँपालिकाको २१ हजार २७८, महाबु गाउँपालिकाको १८ हजार ३७, नारायण नगरपालिकाको २५ हजार ८०३, नौमूले गाउँपालिकाको २० हजार ५८९ र ठाटीकाँध गाउँपालिकाको जनसंख्या १८ हजार ६६६ रहेको छ ।