नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन । हिंसात्मक द्वन्द्वमा रहेको नेकपा (विप्लब समूह) सँग तीनबुँदे सहमति भएपछि मुलुकमा अब द्वन्द्वात्मक हिंसाको अन्त्य भएको प्रष्ट पारे ।
सरकार र नेकपा(विप्लब समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताए । नेपाल र नेपाली जनताले शान्ति खोजेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ती, लोकतन्त्रको रक्षा र शान्ति चाहेको उहाँले चर्चा गरे ।
‘समृद्ध नेपाल सुखी नेपाली’ स्थापित गर्न शान्तिपूर्ण वातावरणको आवश्यकता पर्ने भन्दै प्रधानमन्त्री ओलीले महासचिव चन्दले ऐतिहासिक जिम्मेवारी वहन गरेको भन्दै सरकार र पार्टीको तर्फबाट धन्यवाद व्यक्त गरे । “यो क्र्यास ल्याण्डिङ होइन, सफ ल्याण्डिङ हो” प्रधानमन्त्री अोलीले भने यो रातारात गरेको सहमति होइन, लामो समयपछिको उपलब्धीको परिणाम हो ।” विप्लब पक्षसँग छलफल र वार्ता गरेको दशौं वर्ष पुगेको उनले स्मरण गरे ।
सहमति कार्यान्वयनको चरणमा कुनै समस्या आए वार्ताद्वारा सहमति खोजिने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले थपे यो सहमतिले नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ ।” यसअघि सिके राउतसँग पनि यसैगरी वार्ताबाट सहमति गरी शान्तिको मूलधारमा ल्याएको प्रधानमन्त्री ओलीले स्मरण गरे । शान्तिको नयाँ युगमा नेपाल प्रवेश गरेपछि नेपालको समृद्धि अब असम्भव नहुने बताए ।
प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका छैनौं र राख्न पनि राख्दैनौं” प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्रको सही अभ्यासका लागि प्रतिनिधिसभा विघटन गरेको भए पनि सर्वोच्चले पुनस्र्थापना गर्दा नयाँ तमासा शुरु भएको बताए ।