Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

तीन तहका सरकार बिच समन्वय हुन नसक्दा कोरोना समुदायमा पुग्यो  :  अध्यक्ष शाही

विश्व कोरोना भाइरस सङ्क्रमणका कारण आक्रान्त बनिरहेको छ । नेपाल सरकारले पनि कोरोनाको महामारी बाट बच्नका लागि गत चैत ११ गते देखी लकडाउन ग¥यो । सरकारले गरेको लकडाउनका बिचमा पनि भारत लगायत तेस्रो मुलुक बाट जन्मथलो फर्कनेहरू धमाधम फर्किए । विशेष गरी भारत सरकारले रेल सेवा सुचारु गरेपछि भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि गएका नेपालीहरू नाकाहरूमा अलपत्र परेपछि सम्बन्धित स्थानीय सरकारले आफ्ना नागरिकलाई उद्धार गरेर गाउँपालिकामा ल्याए । उद्धार गरेर ल्याएपछि उनीहरूको व्यवस्थापन र स्वास्थ्य परीक्षणमा ढिलाइ हुँदा उद्धार गरेर ल्याएका नागरिक नै स्थानीय सरकार विरुद्ध नारा लगाउनु पर्ने वातावरण किन सिर्जना भयो । कोरोना महामारीका कारण विकास निर्माणका काममा कस्तो प्रभाव प¥यो, अव गाउँ फर्किएका नागरिकका लागि कस्ता खालका रोजगारी दिने तयारी गाउँपालिकाले गरेको छ  यसै सन्दर्भमा महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाही सँग मेरो कर्णाली अनलाइनका सम्पादक कमल शर्माले गरेको कुराकानीको अंश
महावु गाउँपालिकामा कति जना नागरिक भित्रिए ?
अहिले सम्म महावु गाउँपालिकामा नेपालका विभिन्न जिल्लाका ८ सय र भारतले आफ्नो रेल सेवा सुरु गरेपछि दैनिक एक देखी पाँच सय नागरिक गाउँपालिकाले उद्धार गरेर गाउँपालिकामा ल्याऔँ ।र अहिले क्वारेनटाइनमा २२ सय भन्दा बढी नागरिक क्वारेनटाइनमा बसेका छन् । दैनिक एक सय देखी पाँच सय सम्म नागरिक गाउँपालिकामा भित्रिन थालेपछि गाउँपालिकालाई व्यवस्थापन गर्न निकै समस्या भयो । गाउँपालिकामा भएका विद्यालयमा,बोर्डिङ स्कुल, समेत नअट्ने भएपछि खुल्ला चौरमा समेत पाल हालेर उनीहरूलाई बस्ने व्यवस्थापन ग¥यौ । त्यो सँगै उनीहरूको खाना बस्नको व्यवस्थापनका लागि निकै समस्या भयो उनीहरूका लागि आवश्यक पर्ने ओढ्ने ओछ्याउने कपडा बजार बन्द भएका कारण नपाउने अवस्था आयो । हामीले जेनतेन व्यापारी सँग समन्वय गरेर कपडा खरिद ग¥यौ । अहिले उनीहरूको खाना खाजा व्यवस्थापनमा एक क्वारेनटाइन ५ जना स्वयंसेवक राखेर उनीहरूलाई खाना खुवाउने काम गरेका छौ । अहिले गाउँपालिकामा ७३ जना आरडिटि पोजेटिभ र पिसिआर परीक्षण बाट पोजेटिभ १०८ जनालाई छुटा छुटै राखेर उपचार गरी रहेका छौ ।

भारत लगायत तेस्रो मुलुक बाट आएका नागरिकको व्यवस्थापनमा स्थानीय सरकार चुकेको देखिन्छ । यसमा तपाई के भन्नु हुन्छ ? 
हो व्यवस्थापनमा केही समस्या पक्कै भएका छन् । हामीले ३ सय जना नागरिक गाउँपालिकामा भित्रिन्छन् होला भन्ने आँकडा गरेका थियौ । त्यसका लागि ३ सय क्वारेनटाइन निर्माण गरेका थियौ । तीव्र रूपमा कोरोना महामारी फैलिएपछि २२ सय नागरिक गाउँपालिका भित्रिए । २२ सय नागरिकको व्यवस्थापन गर्न समस्या पक्कै छन् । तथापि म आफै प्रत्येक नागरिकको उद्धारमा रात दिन नभनेर उद्धारमा लागेको छु । सुत्न पनि पाएको छैन । प्रत्येक क्वारेनटाइन पुगेर तपाईँहरूको समस्या छन् भनेर बुझ्ने काम गरेको छु । खाना र बस्नको कुनै समस्या छैन । कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका हुनु पर्ने हो । सङ्घीय सरकारले आवश्यक पर्ने किटहरू उपलब्ध गराउने,प्रदेश सरकारले प्रदेशको सिमानाकामा क्वारेनटाइन निर्माण गरेर नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने र रर्पोट नेगेटिभ आएकालाई सम्बन्धित पालिकामा पठाउने,स्थानीय तहले प्रदेश सरकारले पठाएका नागरिकलाई क्वारेनटाइनमा बसालेर थप स्वास्थ्य परीक्षण गरी होम क्वारेनटाइनमा पठाएको भए अहिले जसरी कोरोना सङ्क्रमण समुदायमा सम्म फैलिएको छ त्यो अवस्था आउने थिए । यसमा प्रदेश सरकार र सङ्घीय सरकारको गम्भीर लापरबाही भएको छ ।

नेपाली सेना नै परिचालन गर्नु पर्ने अवस्था किन आयो ?
वास्तवमा यो अवस्था आउनु नै दुखद हो । विश्वका शक्तिशाली राष्ट्रहरू समेत कोरोना महामारी कारण समस्या परेका छन् । हामी विकास उन्मुख राष्ट्रका नागरिकलाई पक्कै पनि यो ठुलो समस्या भएको छ । नेपाली सेना नै परिचालन गर्नु पर्ने खास कारण त केही होइन । हाम्रो जस्तो मुलुकमा नागरिक स्वतन्त्रताका नाममा अलि छाडा भयौ कि जस्तो पनि लाग्छ । नागरिक स्वतन्त्रता र अधिकारका नाममा कोरोना जस्तो महामारीका विषमा समेत सामान्य रूपमा लिएर नागरिकको स्वास्थ्य सँग खेलबाड गर्ने केही अराजक तत्वहरुमा पनि छन् । सङ्घीय सरकारले भारत लगायतका विभिन्न मुलुक बाट आएकाहरूलाई अनिवार्य रूपमा १४ दिन क्वारेनटाइनमा राखेर घर पठाउने भनेको छ तर नागरिक सरकारले दिएको निर्देशन समेत पालना गर्न तयार नहुने अवस्था देख्यौ र हामीले नेपाली सेनालाई क्वारेनटाइनमा बसेकाहरूको सुरक्षा दिने जिम्मा ग¥यौ । त्यसले गर्दा समुदाय सम्म कोरोना नफैलियोस् भन्ने नै मुख्य उद्देश्य हो ।

कोरोनाको महामारीका बिचमै जिल्ला सुरक्षा समितिले विकास निर्माणका कामहरू सञ्चालन गर्ने निर्णय ग¥यो । यो बिचमा गाउँपालिकाले विकास निर्माणका कामहरू कसरी सञ्चालन गरेको छ ?

महावु गाउँपालिकाका विकास निर्माणका कामहरू चैत महिना अघि नै गरिसकेको छौ । त्यो बिचमा सङ्घीय सरकार र प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा सञ्चालन हुने योजनाहरू केही बाँकी छन् । तथापि हामीले विकास निर्माणका कामहरूलाई निरन्तरता दिएका छौ । लकडाउनका कारण बजार बन्द भए पनि हामीले फोनको माध्यम बाट सामाग्री मगाउने र त्यसको भुक्तानी पछि दिने गरी कामहरू सञ्चालन गरेका छौ । हामीले गाउँपालिका बाट सञ्चालन भएका योजनाहरू चैत अगाडी नै काम सम्पन्न भइसकेका कारण पनि खास्सै विकास निर्माणमा कोरोनाको महामारीले प्रभाव पारेन ।

गाउँपालिकाले भारत बाट आएका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नका लागि आवश्यक किट किन्यौ भन्ने छ कति मात्रामा किन्नुभयो । कति बजेट खर्च भयो  ?
हो हामीले भारत बाट उद्धार गरेर ल्याएको १५ दिन सम्म पनि कुनै निकाय बाट उनीहरूको स्वास्थ्य परीक्षण गर्ने तयारी भएन । नागरिकहरू स्वास्थ्य परीक्षण ढिला भएको भनेर आन्दोलन गर्ने सम्मको वातावरण सिर्जना भएपछि गाउँपालिकाले आफै आरडिटि किट र पिसिआर परीक्षण गर्नका लागि किट किन्नु पर्ने बाध्अबस्था आयो । यो बिचमा आरडिटि किट काठमाडौँ बाट ५ सय किट र पिसिआर परीक्षणका लागि जिल्लाको भगवतिमाई गाउँपालिका बाट पाँच सय सापटी मागेर ल्याएका छौ र अरू थप करिब १२ सय किटको भुक्तानी दिने तयारी गरेका छौ । १५ सय ६९ जनाको पिसिआर परीक्षण गरेका छौ । थप १ हजार किट काठमाडौँ बाट मगाएका छौ त्यो भयो भने अहिले सबैलाई पुग्छ ।

गाउँपालिकाले कोरोना महामारीमा कति खर्च ग¥यो  ?
गाउँपालिकाले अलपत्र परेका नागरिकको उद्धार देखी उनीहरूको खाना,बस्नका लागि आवश्यक बस्तु अहिले सबै फोनको भरमा खरिद गरेका छौ । हामी सँग समय अभाव भएका कारण खरिद प्रक्रियामा जान नसकिएको हो । विपद्को बेला २० लाख भन्दा कम रकमको औषधी वा अन्य कुनै बस्तु खरिद गर्नु परेमा टेन्डर निकाल्नु नपर्ने खरिद नियमावलीमा पनि व्यवस्था गरेको छ । त्यही अनुसार हामीले विभिन्न शीर्षकमा खरिद गरेका छौ । गाउँपालिकाले गरेका सबै खर्चको हिसाब निकाल्न बाँकी छ । गाउँपालिकाले १ करोड ५० लाख सम्म खर्च हुने अनुमान चाही हामीले गरेका छौ ।

कोरोनाको महामारीका कारण धेरै जनाले रोजगार गुमाएका छन् । उनीहरूलाई रोजगार दिने गाउँपालिकाको तयारी के छ ?
गाउँपालिकाले आउने गाउँ सभा मार्फत विशेष खालका कार्यक्रम सञ्चालन गर्छौ । त्यस मध्ये हाम्रो बजेट कृषि,पशु र स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारीमा छौ । अन्य विकास निर्माणका काममा पनि श्रममा आधारित योजना बनाउँछौ र त्यस मार्फत रोजगार दिने गरी बजेट ल्याउँछौ । व्यावसायिक कृषि र पशु पालन गर्ने युवाहरूलाई अनुदान दिने गरी कार्यक्रम ल्याउँछौ । हाम्रो गाउँपालिकामा ७ प्रतिशत नागरिकहरू ३ महिना खाना नपुग्ने अवस्था छ भने ३३ प्रतिशत ६ महिना खाना पुग्ने र बाँकी ९ महिना खाना पुग्ने घर परिवार छन् । गाउँपालिकाले गाउँपालिकाको प्रोफाइल बनाउँदा सबैको तथ्याङ्क सङ्कलन गरिसकेको छौ । अव हाम्रो उद्देश्य भनेको ३ महिना खाना पुग्नेलाई १२ महिना खाना पुग्ने कसरी बनाउने र ६ महिना पुग्ने लाई १२ महिना र ९ महिना खाना पुग्नेलाई १२ महिना कसरी बनाउने नै भन्नेमा केन्द्रित हुन्छ । त्यसका लागि कृषि बाहेक अरू कहीँ पनि हुन सक्दैन । कृषकलाई अनुदान दिने र उत्पादनमा जोड्नु पर्ने हुन्छ ।

गाउँपालिकाका नागरिकलाई उद्धार गर्ने नाममा आ आफ्ना पार्टी निकटका लाई उद्धार गरियो भन्ने हल्ला छ । त्यसमा कतिको सत्यता छ  ?
गाउँपालिकाले दैलेखको गुराँस गाउँपालिकामा स्वास्थ्य डेस्क स्थापना ग¥यौ । उनीहरूलाई सामान्य भए पनि पानी खुवाएर पठाउन र त्यसपछि नारायण क्याम्पसमा समेत सपर्क स्थान तोक्यौ र त्यसै अनुसार गाउँपालिकामा आएका नागरिकको उद्धार गरेका हौ । यसमा मलाई राजनीति भएको जस्तो लाग्दैन । तर एक दिन २० देखी २५ जनाको समहु आफूहरूलाई खबर नगरेर आएपछि गाउँपालिकाका अन्य साथीहरूले उहाँहरूलाई पानी खुवाए ल्याएको भन्न सुनेको छु । यो महामारीमा सबैले नागरिक प्रति जिम्मेवार भएर सहयोग गर्नु स्वाभाविक हो । त्यसमा राजनीति भएको भन्नु गलत हो ।
स्थानीय तहको निर्वाचन भएको पनि ३ वर्ष पुग्यो । निर्वाचनको बेला जनताका बिचमा गरिएको प्रतिबद्धता कतिको पुरा गर्नु भयो । भाषण गर्न सजिलो काम गर्न कठिन भएकै हो ?
मैले महावु गाउँपालिकाको अध्यक्ष लड्नु भन्दा पहिला पार्टीले घोषणा पत्र तयार गरेको थियो । त्यो मात्र होइन म आफैले उम्मेदवारका तर्फबाट पनि महावु गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने योजना अगाडी सारेको थिए । निर्वाचन जितेपछि पार्टीको घोषणा पत्र र उम्मेदवारले बनाएको घोषणा पत्रका आधारमा कामहरू गरेको छु । गाउँपालिकाका सबै वडामा सडक सञ्जालले जोडिसकेको छ । बिद्युत गाउँपालिकाको केन्द्र सम्म पुगिसकेको छ अबको १० महिना पछि प्रत्येक वडामा बिद्युत बिस्तार हुन्छ । ५० वटा सिँचाई योजनाहरू सम्पन्न भएका छन् । शिक्षाका क्षेत्रमा हामीले विद्यालयहरू निर्माण गरेका छौ । यो वर्ष मात्र साबिकको काशिकाँध गाविसमा ३ करोड भन्दा बढिको लागतमा विद्यालय निर्माण हुदैछ । स्वास्थ्यका क्षेत्रमा १५ शय्याको अस्पताल निर्माण गर्ने गरी काम अगाडी बढाएका छौ । यो वर्ष टेन्डर भएको छ । अर्को वर्ष निर्माण कार्य सम्पन्न हुन्छ । अर्को एक वडा एक खेलमैदान भनेका थियौ त्यही अनुसार प्रत्येक वडामा खेल मैदानहरू निर्माण गरिएको छन् । पशुपालन र कृषिका क्षेत्रमा पनि थुप्रै कामहरू भएका छन् । अन्य सामाजिक विकास तर्फ पनि हामीले काम गरेका छौ
अन्य पर्यटनका क्षेत्रमा पनि थुप्रै संरचना निर्माण गरेका छौ । महावु गाथ यहाँको प्रसिद्ध धार्मिक स्थलमा गत वर्ष पद माग निर्माण ग¥यौ । यो वर्ष धर्मशाला निर्माण गर्ने योजना थियो । तर प्रदेश सरकार बन तथा वातावरण मन्त्रालय बाट सम्झौता गर्ने भने पनि त्यो हुन सकेको छैन ।

अन्तिममा के भन्नु चाहनुहुन्छ ।
सर्व प्रथम तपाई र तपाईँको अनलाइन पत्रिकालाई धन्यवाद दिन चाहन्छु । हामी यति बेला कोरोना महामारी विरुद्ध जुधिरहेको छौ । यसका बिचमा हामीले गर्नु पर्ने धेरै कामहरू रोकिएका छन् । कोरोना महामारी पछिहाम्रा कामहरू अगाडी बढ्छन् । गाउँपालिकाले कोरोना महामारीकामा आफ्नो शक्ति अनुसार दिनु पर्ने सबै सेवा दिएको छ । कदाचित कतै अपुग भएको खण्डमा तपाईँहरूले यो महामारीका समयमा पनि गाउँपालिकामा भएको सीमित स्रोत साधन प्रयोग गरेर गाउँपालिकाले दिएको सेवा प्रति सन्तुष्ट हुनुपनेर्हुछ र हुनुहुन्छ भन्नेमा विश्वास लिएको छु।